५० प्रतिशत घरभाडा छुट गरिदिन आग्रह



कोहलपुर ।

बाँकेमा रहेको नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले ५० प्रतिशत घरभाडा छुट गरिदिन घरबेटीहरुलाई आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दैै कोरोना महामारीका कारणले घरभाडामा लिई व्यवसाय गरेका व्यवसायीहरु मर्कामा परेकोले घरभाडामा ५० प्रतिशत छुट गरिदिन घरबेटीहरुलाई आग्रह गरेको हो ।

नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष कार्यवहाक अध्यक्ष तिलकसिंह कार्कीले जारी लकडाउनका कारणले भाडामा लिई व्यवसायी गरिरहेका व्यवसायीहरु चरम मर्कामा परेकोले घरबेटीहरुलाई ५० प्रतिशत भाडा छुटको माग गरेको बताए ।

‘कोभिड १९ का कारणले गर्दा व्यवयासीहरुले पसल, होटल, रेष्टुरेन्ट, किराना पसल जस्ता अन्य व्यवसायीहरुले लामो लकडाउन खेप्नुप¥यो,’ ‘त्यसकारणले मानवियताको नाताले अहिले पुरै घरभाडा छुट गर भनेका पनि छैनौ तर ५० प्रतिशत मात्र गर्नुहोस् भनेका छौं’ उनले भने ।

हेर्नुहाेस बिज्ञेप्ती ..

 

  • No tags available
प्रकाशित मिति : २०७८ असार १७ गते बिहीबार