अखिल क्रान्तिकारीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन



काठमाडौँ — अखिल क्रान्तिकारीले बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् ।सरकारका पछिल्ला दिनका कदमहरु संविधान विरोधी भएको बताउँदै अखिल क्रान्तिकारीले सरकार विरोधी विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन समेत गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १६ गते बुधबार