गल्र्स कलेज सञ्चालनको तयारी,भवनको काम एक महिनाभित्रै सम्पन्न हुने



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि गल्र्स कलेज सञ्चालन गर्ने तयारी गरेको छ । त्यसको प्रक्रिया पु¥याउन मेयर डा. धवलशमशेर राणाको टोली दौडधुपमा लागिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको थियो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलसँग छलफलपछि नेपालगञ्ज फर्किएको टोलीले सोमवार समेत नगरप्रमुख डा. राणासहितको टोलीले छलफल गरेको छ । कलेज सञ्चालनका लागि असार १० गते भएको ९ औं नगरसभाबाट विनियमावली पारित गरिएको शिक्षा शाखा प्रमुख गोर्खवहादुर थापाले बताए ।

पहिलो वर्ष बिएससी, सिएसआईटी र विएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रिया सुरु गर्दै प्रस्तावना तयार पारी सम्बन्धनका लागि केही दिनमै औपचारिक प्रस्ताव विश्वविद्यालयमा पेश गरिने उनले जानकारी दिए ।

नगर प्रमुख राणाले नेपालगञ्जमा कन्या क्याम्पसको आवश्यकता महसुश गरी सुरुवातदेखि नै कलेज स्थापनाको पहल गरिएको र अहिले त्यो पूरा हुने चरणमा पुगेको जानकारी दिए । नेपालगञ्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुलाई लक्षित गरी कलेज स्थापना गर्न लागिएको हो । कलेज सञ्चालनका लागि निर्माण भइरहेको भवनको सम्पूर्ण काम एक महिनाभित्रै सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १५ गते मंगलबार