काठमाडौं ।
सुदूरपश्चिमका पहाडी भेगमा प्रचलित कुप्रथा ‘छाउपडी’को बिषयमा फिल्म ‘टालो’ निर्माण भएको छ ।
रीम विश्वकर्माको कथा र दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादन रहेको फिल्ममा रीम विश्वकर्मा, अन्जली खड्का, प्रेमदेव गिरी, सुशिला सिंजापती, सुशिला सिं, उदय बिके, गगन बिके, एलिशा बादी, सम्झना बादी, खगेन्द्र केपी, भुपेश सोनी , लगायतको कलाकारको अभिनय देख्न सकिन्छ ।
छाउपडी जस्तो कुप्रथा उन्मुलनमा सहयोग पुर्याउने उदेश्यले फिल्म निर्माण गरिएको निर्माता समेत रहेका रीम विश्वकर्माले बताए ।
निहारिका फिल्म प्रालीको ब्यानरमा बनेको फिल्मका छायाँकन योगेश शाक्य, नृत्य खगेन्द्र हिमाल, संगीत नरेश पाण्डे, द्धोन्द उत्तम रिमालको रहेको छ ।
केही दिन अगाडि युट्युवबाट सार्वजनिक यो फिल्म ट्रेनिङमा समेत पर्न सफल भएको छ ।
प्रकाशित मिति : २०७८ असार १३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्