मनाइयो अन्र्तराष्ट्रिय लागूऔषध विरुद्ध दिवस



कोहलपुर ।

बाँकेको कोहलपुरमा ३४ औं अन्तर्राष्ट्रिय लागुऔषध विरुद्ध विभिन्न कार्यक्रम गरी दिवस भव्यका साथ मनाइएको छ । लागुऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र लागुऔषध नियन्त्रण रणनीति २०६६ अनुरुप नेपालले लागुऔषधको माग घटाउने, आपूर्ति नियन्त्रण गर्ने र क्षति न्यूनीकरण गर्ने तीन मुख्य उद्देश्य लिएको छ ।

सन् १९८८ देखि राष्ट्र सङ्घले जुन २६ लाई अन्तर्राष्ट्रिय लागुऔषध विरुद्धको दिवसका रुपमा मनाउँदै आएको छ । शनिबार लागुऔषध दुव्र्यसनि तथा अवैध ओसारपसार विरुद्ध दिवसमा अनुशिक्षण र खाद्यान्न वितरण कार्यक्रम गरि अन्तर्राष्ट्रिय लागुऔषध विरुद्धको दिवसका रुपमा मनाएको छ । कोहलपुर नगरपालिकाको आयोजना र समाज सुधार कार्यक्रमको आर्थिक सहयोग, समाज सेवा संस्था नेपाल र सामुदायिक प्रहरी सेवा, कोहलपुरको समन्वयमा सो कार्यक्रम सम्पन्न गरेको थियो ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले समाजमा विद्ममान समस्याको रुपमा रहेको लागुऔषध दुव्र्यसनी तथा ओसारपसार नियन्त्रण गर्नका लागि नगरपालिकाले कुनै कसुर बाँकी नराखेको बताए । उनका अनुसार यसलाई रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफँै जागरुप हुनपर्ने रावतको भनाई थियो ।

कोहलपुर नगरपालिकाले लागुऔषधका विभिन्न कार्यक्रमहरु गर्दै आएको र आएपनि न्यूनिकरणमा अझै समस्याहरु आइरहेको छ उनले भने अब यसको पूर्ण रुपमा न्यूनिकरणमा सामाजिक अभियान नै चलाउनुपर्ने देखिन्छ । उपचार र पूर्नस्थापनाको कुरा प्राथामिकताका साथ अगाडी बढाउनुपर्ने उनको भनाई थियो ।

यस्तै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्डयालले विद्यार्थी बालबालिकाहरुलाई लागूऔषधबाट हुने खतरा, कानूनी व्यवस्था र समाजमा गरीने व्यवहार सम्बन्धी पूर्ण रुपमा पाठ्यक्रममा नै समावेश गरीनुपर्नेमा जोड दिएका थिए ।

यस्तै लागुऔषधमा काम गरीरहेका समाज सुधार कार्यक्रम नेपालका सचिव संकर न्यौपानेले तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको, शरीर कमजोर बन्दै गएको, भने सचेत हुनुहोस् उनीहरु लागुपदार्थको दुर्व्यसनमा फसेकोे हुन सक्ने बताए ।

झगडा गरेर चाहिनेभन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनुु, आँसु आइरहनु,
बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनुु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा
देखिने बताए ।

यस्तै समाज सेवा संस्था नेपाल केन्द्रिय कार्यालय कोहलपुरका अध्यक्ष विनोद थापाले लागुऔषमा काम गर्ने सहयोग संस्थाहरुको सहयोगमा खाद्यान्न हस्तान्तरण कार्यक्रम गरिएको बताए । उनका अनुसार दाल, चामल, नुनतेल, हरियो तरकारी र सोयाविन विपन्न परिवारलाई सहयोग गरिएको अध्यक्ष थापाको भनाई थियो ।

यस्तै सरकारी तथ्याङ्क अनुसार दुई लाख ३० हजार भन्दा बढि नेपालमा लागुपदार्थ सेवन गर्नेको संख्या रहेको छ । नेपालमा सबैभन्दा बढी क्रमश : बागमती प्रदेश, प्रदेश नम्बर १, लुम्बनी प्रदेश, प्रदेश नम्बर २, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णली प्रदेश रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १३ गते आइतबार