डिल्ली शाही ।
कोहलपुर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि कुल एक अर्ब १७ करोड ३४ लाखको बजेट विनियोजन गरेको छ । कोहलपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक समेत रहेका कार्यपालिका सदस्य दिलबहादुर परियारले आगामी आर्थिक वर्ष ०७८/७९ को लागि अनुमानित बजेट पेश गरेका हुन् ।
संयोजक परियारले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम कार्यपालिकाको बैठकको निर्णय अनुसार बजेट पेश गरेका थिए । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को लागि ६ करोड ५१ लाख २५ हजार राजस्व उठाउने लक्ष्य
राखेको छ ।
यस्तै संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदानतर्फ २० करोड २ लाख, शसर्त अनुदान चालुतर्फ २९ करोड ७३ लाख, विषेश अनुदान चालुतर्फ २ करोड ७८ लाख, समपुरक अनुदान चालुतर्फ २ करोड ५६ लाख र बाँडफाँड भई प्राप्त हुने मूल्य अभिबृद्धि कर (राजस्व बाँडफाँड – संघीय सरकार) तर्फबाट १२ करोड ४० लाख ६४ हजार रहेको छ ।
यस्तै लुम्बिनी प्रदेश सरकार बाट प्राप्त प्राप्त हुने समानिकरण अनुदानतर्फ ९५ लाख ८२ हजार, शसर्त अनुदान चालुतर्फ ५ करोड १४ लाख ४४ हजार, विषेश अनुदान चालुतर्फ ७० लाख, समपुरक अनुदान चालुतर्फ १ करोड ९४ लाख ५० हजार, घरजग्गा रजिष्टेशन दस्तुर (राजस्व बाँडफाँड–प्रदेश सरकार) को तर्फबाट ६ करोड र बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर (राजस्व बाँडफाँड–प्रदेश सरकार) १ करोड ६८ लाख २१ हजार ८ सय ५२ रुपैया रहेको छ । यस्तै नगर विकास कोषको ऋण अनुदान १९ करोड २१ लाख ४२ हजार र संचित कोषमा मौज्दात हुन आउने अनुमान ७ करोड ४९ लाख रहेको छ ।
यस्तै संघिय सरकारबाट प्राप्त हुने सशर्त तर्फको बजेट २९ करोड ७३ लाख र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त तर्फको बजेट ५ करोड १४ लाख ४४ हजार) लाई बजेटमा कार्यक्रम, क्रियाकलाप तथा रकम नै तोकी पठाएकाले जे जस्तो अवस्थामा नगरपालिकालाई बजेट तथा कार्यक्रम प्राप्त भएको छ, सोही अनुसार नै यस बजेट तथा कार्यक्रम समावेश गरेको छ ।
यस्तै कोहलपुर नगरपालिकाको कुल बजेट १ अर्ब १७ करोड ३४ लाख ७८ हजार ८ सय ५२ रकम मध्ये ७४ करोड ३ लाख ३४ हजार ८ सय ५२ रकम निर्शत तर्फको रहेको छ । जसमा चालु तथा प्रशासनिक खर्च, पुर्वाधार विकास, वडागत पुर्वाधार विकास, नगर स्तरिय तथा वडा स्तरिय अन्य पुर्वाधार विकासका कार्यक्रम, सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास, सेवा प्रवाह र सुशासन विषय क्षेत्रगत बजेटको सीमा निर्धारण तथा क्षेत्रगत बाँडफाँड गरिएको छ ।
बजेटका उद्देश्यहरु र प्राथामिकता
कोहलपुर नगरपालिकाका बजेटका मुख्य उद्देश्यहरु र प्राथामिकताहरु ८ वटा रहेका छन् । जसमा मुख्य उदेश्यहरुमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको कार्य गर्ने, क्रमागत योजनाहरु सम्पन्न गर्ने, बैदेशिक रोजगारी गुमाएर आएका नागरीहरुलाई स्वरोजगारीको श्रृजना गर्ने, कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, पर्यटन पुर्वाधारको विकास र प्रवर्धन गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई सेवाको क्षमता अधिवृद्धि गर्ने, आधुनिक र व्यवस्थित सहरीकरण गर्ने रसक्षम र सुदृढ स्थानीय सुशासन तथा सेवा प्रवाहको विकास गर्ने रहेका छन् ।
यस्तै बजेटका प्राथमिकतामा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार गर्ने, आर्थिक पुनरउत्थान गर्ने, आर्थिक विकास र गरीवी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिने र राजस्व परिचालनमा योगदान पु¥याउने, स्थानीय श्रोत साधनमा आधारित भई जनसहभागितामा अभिबृद्धि गर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अभिबृद्धि गर्ने, दिगो विकास लक्ष्य, वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पु¥याउने र सेवा प्रवाह संस्थागत विकास र सुशासनमा योगदान पु¥याउने रहेका छन् ।
कुन बजेट कहाँ व्यवस्था भएको छ ?
नगरपालिकाको नगर गौरवका कार्यक्रम अन्तगत शुरु भएका सबै योजनाहरुका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । यसका साथै सवै गाउँ बस्ती तथा टोलहरुमा सडक पुग्नेगरी आवश्यक बजेट प्रस्ताव गरेको छ । जसमा पुर्वाधार विकास तर्फ एक जगेडा समपुरक कोषका लागि रु.६ करोड प्रस्ताव गरिएको छ । नेपाल सरकार वा अन्य विकास साझेदार स्वदेशी तथा विदेशी संघ संस्थाबाट साझेदारीमा विकासका प्रस्ताव प्राप्त भएमा यस कोषबाट रकम खर्च गरी विकास कार्यक्रम सञ्चालन गरिएको छ ।
यस्तै लामो समयदेखि बसोवास गरिरहेका गाउँ व्लकको जग्गा, अब्यवस्थित, सुकुम्बासी तथा भुमिहिनहरुलाई लालपुर्जा वितरण गर्नका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिएको छ भने सबै क्षेत्रको सन्तुलित विकास होस भन्ने हेतुले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, खेलकूद, संस्कृति, पर्यटन लगायतका क्षेत्रको विकासका लागि आवश्यकता अनुसार बजेट विनियोजन गरिएको छ ।
यस्तै समाजमा उपेक्षित र उत्पीडित अवस्थामा रहेका तथा लक्षित वर्गहरु महिला, बालबालिका, दलित, आदिबासी जनजाति, मधेशी, मुश्लिम, जेष्ठ नागरिक, अपाङ्ग लगायतको सशक्तीकरण र मुलप्रवाहीकरण का लागि आवश्यक बजेट विनियोजन गरिएको छ भने राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राख्न र कार्यसम्पादनमा उत्प्रेरणा जगाउन फिल्ड भत्ता तथा प्रोत्साहन भत्ताको प्रस्ताव गरिएको छ ।
यस्तै राज्यको चौथो अंग संचार जगतको उच्च सम्मान गर्दै यस वर्ष कोहलपुरमा संचार ग्रामको निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने वातावरण तथा विपद् व्यवस्थापन, उद्धार तथा राहतका लागि रकम विनियोजन गर्नुका साथै बाढी तथा प्राकृतिक प्रकोपबाट हुने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । वातावरण संरक्षण, भू–संरक्षण र हरियाली प्रर्वद्धनका माध्यमबाट शहरी सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वृक्षारोपन, बन विकास, पार्क निर्माण, नर्सरी उत्पादन लगायतका कार्य गर्न बजेट विनियोजन गरिएको छ ।
यस्तै जनताहरुलाई वडा कार्यालयबाट दिइने सेवा प्रवाहलाई छिटो, छरितो, चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संस्थागत क्षमता विकास गर्न, कार्यालय निर्माण तथा वडा कार्यालयहरुको मर्मत सुधार, कार्यालय फर्निचर, मेसिनरी औजार, उपकरण, सवारी साधन र अन्य भौतिक सामाग्रीहरु समेतको पर्याप्त व्यवस्था गर्न लागि बजेट विनियोजन गरिएको छ ।
यस्तै समग्र नगरको मुहार फेर्ने आयोजना (गेम चेन्जर प्रोजेक्ट) चप्परगौडी घुईयावारी अन्तरप्रदेश सडक, कर्भड हल, अन्र्तराष्ट्रिय क्रिकेट मैदान, भ्युटावर तथा घण्टाघर, सिटिहल, लामो दुरीको बसपार्क, रिङ्ग रोड, आधुनिक बधशाला, वाल अस्पताल, २५ शैयाको अस्पताल, शबदाह गृह र फोहोरमैला तथा दिशाजन्य लेदो पदार्थ प्रशोधन केन्द्र निर्माण कार्य गर्न बजेटको व्यवस्था गरिएको छ ।
यस्तै कोभिड–१९ संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले घोषणा गरेको निषेधाज्ञाका कारणवाट भएको व्यापार व्यवसायको मन्दीलाई मध्यनजर गर्दै व्यवसाय करमा २५ प्रतिशत छुट र हर्जानामा पुर्ण छुटको लागि प्रस्ताव गरिएको छ भने नगरक्षेत्रमा उद्योगी व्यवसायीहरुको आवश्यक सुरक्षा प्रबन्ध गर्न सिसिटिभि जडान, प्रहरी बिट निर्माण र नियमित सुरक्षा गस्तीको व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ ।
यस्तै आन्तरिक श्रोत परिचालन मार्फत आन्तरिक आय बृद्धि गर्न राजस्व संकलन कार्यलाई प्रभावकारी बनाउन करदाता शिक्षा, करदाता सम्मान लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ । यसै आ.व.बाट अनलाईन विलिङ्ग प्रणालीको शुरुवात गर्नका लागि बजेटको व्यवस्था गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्