कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर १ वडा कार्यालयले भूमिसम्बन्धी ५० प्रतिशत काम पुरा गरेको छ । बिहिबार कोहलपुर नगरपालिकाका अन्य वडाहरुमा अझै नापीसम्बन्धी काम नभएको बेलामा कोहलपुर वडा नम्बर १ मा भने ५० प्रतिशत काम पुरा भएको वडा अध्यक्ष गोपिलाल खनालले बताए । उनका अनुसार भूमिसम्बन्धी ५० प्रतिशत काम भएको बताए ।
‘वडामा १३ सय ६४ वटा कित्ता रहेको थियो’ उनले भने, ‘त्यसमा ६ सय बढिको कित्ता नापेर छुट्याई सकेका छौ ।’ सुकुम्बासी आयोगले दिएको निर्देशन अनुसार काम तिव्र रुपमा अगाडि बढाइएको उनको भनाई थियो ।
यस्तै खनालका अनुसार सुकुम्बासी आयोगले दिएको निर्देशन अनुसार सेतो र रातो दुई गरी तीन फारम भरेको बताए । सेतो फारम भरेका १०४६ जना, रातो फारम भरेका ३१८ जना मध्ये पनि भूमिहिन १३ जना रहेको उनको भनाई थियो ।
यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले अन्य वडाभन्दा छिटोछरितो काम भएको बताए । यहाँका अनमि र अन्य प्राविधिक टोलिहरुलाई धन्यवाद समेत दिए ।
उनका अनुसार कोहलपुर नगरपालिकामा बसेका सुकुम्बासीहरुलाई लालपूर्जा उपलब्ध गराउनका लागि तत्पर लागि परेको बताए ।
यस्तै कार्यक्रममा प्रमुख नापि अधिकृत मनी रेग्मी, भुमि सम्वन्धी समस्या आयोगका विज्ञ जगत देउजा लयागतको उपस्थित रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्