श्रीमतीसँग अवैध सम्बन्ध राखेको भन्दै एक युवकको विभत्स हत्या गरिएको छ। भारतको नागपुरमा आरोपति गोलु धोटेले साथीसँग मिलेर योगेश धोगडेको हत्या गरेको प्रहरीले जनाएको छ।
उनीहरुले नालामा लगेर ती युवकको हत्या गरेको थियो। प्रहरीले योगेशको आरोपितकी श्रीमतीसँग अनैतिक सम्बन्ध रहेको जनाएको छ।
गोलु धोटेले योगेशलाई कुराकानीका लागि बोलाएका थिए। कुराकानीका क्रममा तनाव पैदा भएपछि हत्या गरेको बताइएको छ।
हत्याको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्