9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

नेपालमा थपिए २४२१ संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १०, २०७८  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा बुधवार थप २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए ।

जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए । पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७२४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ४४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंका ३४६, सुनसरीमा १७६, मोरङमा १७२, झापामा १२०, ललितपुरमा ९४, नुवाकोटमा ७६, कास्कीमा ७२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यस्तै मकवानपुरमा ४३, चितवनमा ४२, सुर्खेतमा ३१, नवलपरासी पूर्वमा २२, काभ्रेपलाञ्चोक र रुपन्देहीमा २०÷२० जना र धनुषामा १९ जना कोरोना संक्रमित थपिएको थिए । दाङमा १४, सप्तरी र कपिलवस्तुमा १२÷१२ जना, उदयपुर, धादिङ, नवलपरासी पश्चिममा १०÷१० जना, महोत्तरी, रसुवा, जुम्लामा ८÷८ जना, धनकुटामा ७, सिरहा र सिन्धुपाल्चोकमा ६÷६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै गोरखा, तनहुँ, स्याङजा र कञ्चनपुरमा ५÷५ जना, इलाम, खोटाङ, ताप्लेजुङ, पर्सा, दोलखा, अछाम र डोटीमा ४÷४ जना, पाँचथर, बारा, पाल्पा र डडेल्धुरामा ३÷३ जना, ओखलढुंगा, रौतहट, रोल्पा, हुम्ला र कैलालीमा २÷२ जना तथा तेह्रथुम, भोजपुर, रामेछाप, गुल्मी, बर्दिया, बाँके, जाजरकोट, डोल्पा, दैलेख, र सल्यानमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यी हुन् ५०० बढी संक्रमित रहेका जिल्ला

मन्त्रालयले कोभिड–१९ को सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको बताएको छ । मन्त्रालयका प्रवक्ता पौडेलले ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला क्रमशः घट्दो क्रममा रहेको जानकारी दिए ।

असार १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ४३ थियो । तर बुधबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ३६ मा झरेको छ । पौडेलका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा छन् ।

यसैगरी गोरखा, नवलपरासी पूर्व, म्याग्दी, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, सुर्खेत, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र अझाममा पनि सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १४ रहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उदयपुर, संखुवासभा, पाँचथर, सप्तरी, रौतहट, सर्लाही, रामेछाप, कास्की, लमजुङ, पर्वत, तनहुँ, गुल्मी, अर्घाखाँची, रोल्पा, दैलेख, सल्यान, रुकुम पश्चिम, जुम्ला र डोटी रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, असार १०, २०७८     8:03:12 AM  |