कोहलपुर,
बाँकेमा कोरोना महामारीको समयमा नेकपा माओवादी केन्द्रका विभिन्न कमिटीले राहत वितरण अभियान सञ्चालन गरिरहेका छन् । माओबादी केन्द्र कोहलपुर कमिटीले एक महिना लामो राहत वितरण अभियान नै शुरु गरेको थियो । कमिटी मार्फत अहिलेसम्म ७ सय भन्दा बढीले विपन्न नागरिकले राहत पाएका छन् । 
यस्तै नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीले अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण गरेको छ । कोरोना संक्रमणका कारण लागू गरिएको निषेधाज्ञामा समस्या परेका नागरिकहरुलाई राहत वितरण गरिएको हो । नगर कमिटीले विभिन्न वडाका विपन्न तथा असहाय अपांगता भएका व्यक्तिहरुलाई राहत प्रदान गरेको जनाएको छ ।
जिल्लामा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अकल बहादुर बमको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरुले बाँकेमा राहत संकलन गरेका थिए । सोही चामल, दाल लगाएत खाद्यान्न सामग्री राहत स्वरुप वितरण गरिएको माओवादी केन्द्र नेपालगन्ज उप–महानगर कमिटी डिल्ली बरालले जानकारी दिए । कोरोना राहत कोषका संयोजक समेत रहेका बरालले नेपालगन्ज नगर क्षेत्रभित्र रहेका शारिरीक रुपमा अशक्त तथा अपांगता भएका ब्यक्तिलाई घर मै पुगेर राहत उपलब्ध गराइएको बताए ।
त्यसको लागि पार्टीका नेता तथा कार्यकर्ताहरु फिल्डमै खटिएको छन् ।नगरक्षेत्रभित्र रहेका अधिकाशं अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत स्वरुप चामल, दाल, बिस्कुट, माक्स लगायतका दैनिक उपभोग्य बस्तु तथा स्वास्थ सामग्री वितरण गरिएको उनको भनाइ थियो ।
कोरोनाका कारण समस्या परेका हरुको सहयोगको लागि राहत कोष स्थापना गरी राहत वितरण अभियान संचालन गर्दै आएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अकल बहादुर बम बताउँछन् । उनी भन्छन्,‘नगरका २३ वटै वडामा राहत वितरण गरेका छौँ । अहिलेसम्म एक हजार बढि घरपरिवारलाई खाद्यान्न उपलब्ध गराइएको छ ।आगामी दिनमा पनि सहयोग गरिनेछ ।’









प्रतिक्रिया दिनुहोस्