कोहलपुर ।
बाँके लगायतका देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो हुँदै गएको छ । त्योसँगै घट्दै गएको कोरोना संक्रमित हुनेको संख्या पनि ह्वात्तै बढेको छ । सोमवार भन्दा पछिल्लो २४ घण्टामा मंगलवार झण्डै दोब्बरको संख्यामा देशभर संक्रमण पुष्टि भएको हो । नेपालमा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमवार भने २ हजार २९७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ र ४ हजार ९५४ जना संक्रमणमुक्त भएका थिए । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ ।
तीमध्ये हालसम्म ५ लाख ६४ हजार ८८२ जना निको भएका छन् भने ८ हजार ८१३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ । जसमध्ये ४९ हजार ४२५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये ७६१ जनाको आईसीयू र २१८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै १० वर्ष मुनिका ९९ बालबालिकामा कोरोना संक्रमण देखिउको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्उय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरका ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६, मोरङमा ७०, नुवाकोट र भक्तपुरका ६७÷६७ जना, बागलुङमा ६६, कास्कीमा ६५ जनामा कोरोना संक्रमित देखिएको थियो ।
यस्तै गुल्मीमा ४६, काभ्रेपलाञ्चोकमा ४५, नवलपरासीमा ४१, रुपन्देहीमा २८, कैलालीमा २६ र दाङमा २१ जना संक्रमित थपिएका थिए । बाँकेमा १९, धनुषामा १३, जुम्लामा १२, पाल्पा र रुकुम पश्चिममा ११÷११ जना, बारा र अर्घाखाँचीमा १०÷१० जना, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सप्तरी, महोत्तरी, तनहुँ र नवलपरासी पश्चिममा ७÷७ जना, धनकुटा, सिरहा र कञ्चनपुरमा ६÷६ जना, उदयपुरमा ५, सोलुखूम्बु, सर्लाही, र सुर्खेतमा ४÷४ जना, इलाम, दोलखा, गोरखा, लमजुङ, स्याङजा, डोटी र बैतडीमा ३÷३ जना, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पर्सा, रौतहट, कपिलवस्तु, रोल्पा, सल्यान र डडेल्धुरामा २÷२ जना तथा भोजपुर, रामेछाप, प्युठान, रुकुम पुर्व, अछाम र बझाङमा १÷१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्