कोहलपुर ।
कोहलपुर नगरपालिकाले बालबालिकाहरुलाई कानून सम्बन्धीत तालिम दिन थालेको छ । आइतबार कोहलपुर नगरपालिकाकी सामाजिक विकास शाखाका प्रमुख नारायणी वलीले सो तालिमको उद्घाटन गरेकी थिइन ।
कोहलपुर नगरपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजक र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोगमा सो तालिम सञ्चालन गरिएको हो ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता जमुना चालिसेले बालविवाह न्यूनिकरणका लागि कानुनी व्यवस्था अझै पनि किशोरकिशोरीहरुलाई पूर्ण रुपमा जानकारी दिनका तालिम आयोजना गरिएको बताइन् ।
उनका अनुुसार तालिममा मुख्य प्रशिक्षणको रुपमा अधिबक्ता ईश्वरी ज्ञवाली, घटना शाह, रिना थापा रहेका छन् । यो तालिम ८ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति : २०७८ असार ७ गते सोमबार









प्रतिक्रिया दिनुहोस्