बाँकेमा संक्रमित घटेपछि अस्पतालमा बेड खाली



नेपालगञ्ज ।

बाँकेमा कोरोना संक्रमण दर घट्दै जाँदा कोरानाका लागि छुट्याइएका अस्पतालका बेड खाली भएका छन्।

जिल्लाका अस्पतालहरुमा कोरोनाका छुट्याइएको ७९ प्रतिशत बेड खाली भएको कोभिड फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए। बाँकेका साना ठूला चार वटा अस्पतालले कोरोनाको लागि बेड छुट्याएका थिए।

अस्पतालहरुले छुट्याएका ३ सय ६१ बेडमध्येमा २ सय ७१ बेड खाली भएका छन्।

भेरी अस्पतालको दुई सय बेडमा एक सय २५ बेड खाली भएको छ। त्यहाँ ६० जना विरामी छन्। १८ जना सिकिस्त छन्। कोहलपुर मेडिकल कलेजमा एक सय ३० बेड छुट्याइएकोमा एक सय १६ बेड खाली भएको छ।

१४ जना विरामी छन्। ८ जना सिकिस्त छन्। वेष्टर्न अस्पतालमा १६ बेडमा १५ बेड खाली भएको छ। युनाइटेड अस्पतालमा १५ बेड छुट्याइएकोमा सबै खाली भएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ६ गते आइतबार