भट्टराई-यादव पक्षले जसपा अध्यक्ष ठाकुरसहित चार जनालाई पार्टीबाट निकाल्यो



काठमाडौं ।

जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार