9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

उपत्यकामा यी नम्बरमा फोन गरे खाद्यान्न घरमै आउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

उपत्यकाका तीन जिल्लामा भोलिदेखि एक साता निषेधाज्ञालाई कडाइ गर्दै लागिएको छ। यस समयमा खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको छ । यस समयमा कसैलाई खाद्यान्नको खरिद गर्नुपर्ने भएमा सरकारले नै वैकल्पिक व्यवस्था गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गरी खाद्यान्न अभाव भएमा विभिन्न व्यक्तिलाई सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सम्बन्धित ठाउँमा खाद्यान्न पुर्‍याउने व्यवस्था मिलाउने जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले दिएका छन्।

उनीहरुले मोबाइल गाडी मार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रिको व्यवस्था गर्ने गरी व्यवस्था मिलाइएको पराजुलीले बताएका छन् ।

खाद्यान्न सामग्री आवश्यक भएमा जुनसुकै समस्या सम्पर्क गर्नसक्ने भन्दै विभिन्न व्यक्तिमा सम्पर्क नम्बर दिइएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     4:09:09 PM  |