3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

बलात्कारको आरोपमा १ पुरुष पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

स्याङ्जा – २२ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जामा एक ६० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङजा बिरुवा गाउँपालिका–४ खुदीका दुर्गा बहादुर दमाई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     8:41:32 AM  |