29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

खोप पहिलो प्राथमिकता हो : कोभिड १९ निर्देशक समिति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको आयात पहिलो प्राथमिकता भएको बताएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल भन्छन्, ‘प्रधानमन्त्रीज्यूले खोप पहिलो प्राथमिकता हो भन्नुभएको छ ।’

फाइल तस्बिर : प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओली

यसका साथै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र यथोचित रुपमा वितरण गर्न निर्देशन दिएका छन् ।

सचिव बरालका अनुसार प्रधानमन्त्री ओलीले बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन निर्देशन दिएका छन् । अध्यादेशले कानूनी प्रबन्धहरु गरेको भन्दै उनले कुनै अप्ठ्यारो भए सरकारले नीतिगत गाँठो फुकाउने बताए । सचिव बरालले भने, ‘अब ढिला गर्न कुनै छुट छैन । एक्सनमा जाने हो ।’

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     7:31:33 PM  |