प्रभु साह भन्छन् : नागरिकता अध्यादेशको विरोध गर्नेहरू राष्ट्रघाती हुन्



काठमाडौं : एमालेका नेता प्रभु साहले नागरिकता अध्यादेशको विरोध गर्नेहरू राष्ट्रघाती रहेका बताएका छन्।

निवर्तमान शहरी विकास मन्त्री समेत रहेका उनले नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेको पनि आरोप लगाएका छन् ।

साहले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशमा राष्ट्रघात देखाएर देशलाई गुमराह गर्ने र धमिलो पानीमा माछा मार्न खोजेको बताए।

संवैधानिक प्रावधान, सर्वोच्च अदालतको निर्देशन एवं संसदीय समितिको सर्वसम्मत निर्णयअनुरूप आएको अध्यादेशलाई विवादित र बदनाम गराउने तथा नागरिकता प्राप्त गर्न योग्य लाखौंलाई आफ्नै देशमा शरणार्थी बनाउने दुष्कर्मको प्रयास भएको नेता साहले बताए।

यो अध्यादेशको विरोध गर्नु अज्ञानता मात्र नभई कि नश्लवादी अहंकारमा लिप्त लम्पट जनविरोधी हर्कत भएको पूर्वमन्त्री साहको टिप्पणी थियो।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ११ गते मंगलबार