बाँकेका विभिन्न अस्पतालमा शनिबार साँझ २ घण्टाको अवधीमा ५ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार साँझ ४ बजेदेखि ६ बजेसम्मको अवधीमा ५ संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
बबई गाउँपालिका वडा नम्बर २ दाङका ९२ वर्षीय पुरुषको ४ बजे समयमा भेरी अस्पतालमा मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका ७ का ३८ वर्षीय पुरुषको भेरीमै सवा चार बजेको समयमा मृत्यु भएको थियो ।
यस्तै टिकापुर नगरपालिका १ कैलालीका ६० वर्षीय पुरुषको समेत भेरीमै साढे चार बजे मृत्यु भएको हो ।
कैलाली लम्की चुहा नगरपालिका ६ की ३३ वर्षीय महिलाको भेरी अस्पतालमा नै साढे ५ बजे मृत्यु भएको बताइएको छ । कैलाली जानकी गाउँपालिका ९ की ७५ वर्षीय महिलाको मेडिकल कलेज कोहलपुरमा साढे ५ बजे मृत्यु भएको थियो ।
योसँगै बाँके जिल्लाभित्रको संक्रमित मृत्यु हुने संख्या २७३ पुगेको छ । त्यसैगरी बाँकेका जिल्लाबाहिरका संक्रमितको मृत्यु हुने संख्या २३७ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्