16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

स्वास्थ्य साम्रगी बोकेको जीप चिसापानीमा दुर्घटनामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८  

कोहलपुर ।

रत्न राजमार्गको कोहलपुर बबई सडक खण्डको चिसापानीमा स्वास्थ्य साम्रगी बोकेको जीप दुर्घटनामा परेको छ ।

नेपालगञ्जबाट स्वास्थ्य साम्रगी बोकेर जाजरकोटको जुनिचाँदे जाँदै गरेको जीप बैजनाथ एक चिसापानी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोट जाँदै गरेको लु २ च २९ ३६ नम्बरको जीपलाई सुर्खेतबाट आइरहेको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट जीप अगाडीमा भागमा क्षती पुगेको छ ।

दुर्घटनामा परेर जीपमा सवार केही मानिसहरु सामान्य घाइते भएको चिसापानी प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८     5:18:13 PM  |