16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

गुल्मीमा जेठ १५ गतेसम्म निषेधाज्ञा थप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८  

गुल्मी ।

गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरिएको हो ।

यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा पनर्माण सामाग्रीका पसलहरु जेठ ७ गते, १० गते र १३ गते विहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ । त्यस्तै निर्माण सामाग्री बोक्ने टीपरहरु बेलुकी ६ बजेदेखि बिहान ७ बजेसम्म मात्रै चल्न पाउने भएका छन् ।

तोकीएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरीबलका अतिरिक्त आवश्यकतानुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णय गरिएको छ । जिल्लामा कोभिडको दोस्रो लहरबाट १ हजार बढी संक्रमित भएका छन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८     12:16:21 PM  |