9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

हेन्चम्यान प्रवृत्ति र नेपालको राजनिति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २८, २०७८  

नेपाली राजनितीमा देखिएको बर्तमान परिदृष्य अलि अनौठो र अलि अस्वभाविक देखिएको छ। एकातिर कोरोनाले आक्रान्त भएका जनताको जीवन जिउने hh बिश्वास गुमिरहेको छ भने उक्त बिश्वास  गुमि रहेको बेला जनतालाइ जीवन जिउने बिश्वासको मत दिनुको साटो कुर्सीको बिस्वास र अबिस्वासको प्रथम अध्याय सकिएको छ हिजो। यो सुन्दा, देख्दा पनि लाजले समेत लाज मान्ने अवस्था हो। यो रिङ्ग भित्रको राजनितीक खेल हो अझ यो  भन्दा रिङ्ग बाहिरका हरेक राजनितिक दलका भजनमण्डली, स्तुतिकर्ता,अन्धभक्तको खेल झन कम रोचक छैन। नेताको प्रवृत्ति त्यस्तो हुनुमा भजनमण्डली को भजन कम्ता शक्तिशाली छैन।यस खेलमा सोझा साझा जनता भन्दा आफुलाइ पढेलेखेका भन्ने हरु नै अग्रपंक्तिमा देखिन्छन। मेरा नेताको हरेक राम्रो, ठिक पनि राम्रो बेठिकP पनि राम्रो मानौ आची लाई हलुवाको रुपमा देख्ने प्रवृत्ति पनि अहिलेको राजनितिक खेलको साहायक सिद्ध छ। तल्लो तह सम्म यसरी दोहरी किन? राम्रो लाई राम्रो,  नराम्रो लाई नराम्रो भन्ने साहस,नैतिकता किन छैन होला आफ्नो बिद्वता ले आफुलाइ जिस्काउदा सम्म नि यो स्तुति कसरी गर्न सकेको होलान? ह्यन्चम्यान प्रवृत्ति आफ्नो स्वार्थका लागि जस्तो खराब नेतृत्वलाई ठिक हो भन्दै स्तुतिगर्ने प्रवृत्ति हाभी हुनु असल नेतृत्व उत्पादनका लागि घातक भएको छ।  नेपालमा प्रजातान्त्र स्थापना भए देखि कु हुदा सम्मको प्रजातान्त्रिक दशकमा एघार सरकार बने यद्यपि केही सामाजिक र आर्थिक उपलब्धी भए पनि झण्डै सबै सरकार कुनै न कुनै कारण असफल रहे। त्यति बेलाका राजनितिक दल हरु असफल हुनु का मुख्य कारणमा:  राजनैतिक नेतृत्व अपरिपक्व हुनु, गुटगत बिचारका कारण दल बिभाजन भैइ कमजोर हुनु, नेतृत्वले आफ्नो ब्यक्तिगत स्वार्थ र दलगत स्वार्थ बाहेक नागरिक कल्याणका लागि काम गर्न नसक्नु आदि। आज ७० बर्षपछि के तिनी कुनै कारणमा केहि परिवर्तन महसुस भएको छ त? बर्तमान मा समेत ७० बर्ष पहिलाकै कारण बिधमान छ्न दलगत र गुटगत स्वार्थ ज्यु का त्यु र नेतृत्वमा परिपक्वता देखिएन।  त्यो परिपक्वता आउन कति बर्ष पर्खनु पर्ने हो ? सात दशक मा नआउने परिपक्वता कस्तो हो? जनमुखी प्रशासन, भ्रस्टाचार नियन्त्रण,  कानुनी राज्य ,आमजनतामा निष्पक्ष न्याय सम्पाद्न जस्ता थोरै कुरामा समेत परिवर्तन हुन सकेन। के मुलुकमा गणतन्त्र आइसक्दा पनि जनता अपेक्षा  के हुन भन्ने तर्फ ध्यानाकर्षण हुनु पर्दैन?सरकारि कार्यालय मा काम गर्न जादा सामान्य जनताले नेता गुहार्नु पर्ने परिस्थिति रहनु गणतन्त्रको उपलब्धि  हो त? अहिले समेत केही मुठ्ठी भरका ब्यक्तिमा  तिनै तहको शासन संचालन हुनुले आमा जनतामा निराशा स्वभाविक रुपमा देखिएको छ। चाहे स्थानिय सरकार होस वा मथिल्ला सरकार हरु हुन हरेक कार्यमा फरक बिचार समूहका लाई निषेध गर्ने प्रवृत्ति देखिन्छ। तर सबै पक्षका भजन मण्डली किर्तन मा ब्यस्त छ्न आफ्नो बाहेक अरु सब बेठिक भन्ने मनोरोग ले ग्रसित छ्न। किन यस्तो प्रवृत्ति आम मानिसमा हुन्छ त?

१) अनावश्यक स्तुतिबाद: अहिले हाम्रो मुलुकमा देखिएको नेतृत्वमा हुनु पर्ने क्षमता केहीमा बाहेक अन्य ठूलो संख्यामा देखिन्न। तर कमजोर क्षमताबिहिन नेतालाइ समेत महानको पगरी गुठाएर, अकल्पनीय क्षमताको स्रोत को रुपमा धुपबत्ती यसरी गरिन्छकि त्यो धुपबत्तीको सुगन्धले उनको दुर्गन्धको कुनै अनुभव हुन दिन्न र आफूबाट प्रबाहित दुर्गन्ध बिर्सन्छ।स्तुतिकर्ता निश्चित स्वार्थका लागि प्रबाहित दुर्गन्धलाई स्वादन गरिरहन्छ अनि कसरी असल नेताको कल्पना गर्न सकिएला।
२) संकुचित मानसिकता( संज्ञानात्मक अल्क्षीपन):  चाकडिमा लिप्त हरु वा स्तुतिकर्ता हरु आफुमा रहेको बौद्धिक क्षमता गुमाउछ्न। यस्ता आम प्रवृत्तिले बिना जिज्ञासा् नेताका हरेक कुरा स्विकार्छ्न। आफ्नो बिद्वता ले जिस्काउदा समेत हसबाद प्रवृत्ति देखाइरहदा नेतृत्वमा अहंकार पैदा हुन्छ। यति संज्ञानात्मक अल्क्षिपन देखिन्छ्की उनिहरु जानेर पनि कुनै कुरा विश्लेषण गर्न चाहन्नन र कमजोर नेतृत्वको बिचार र निर्देशन बिना विश्लेषण स्विकार्छ्न मानौ उसको नेता सबै कुराको ज्ञाता हो। नेतृत्व जिम मेइन्डी ले भने झै Romance of leadership मा परिवर्तन हुन्छ।
३)गुट्गत बिचारको अन्धभक्तता: नेपालका अधिकान्स राजनीतिक दल हरु गुट्मा बिभाजित छ्न र यसको असर तल्लो तह सम्म छ। आफ्नो गुट वा समूहको बिचार लाई बिना विश्लेषण उत्तम मान्ने फरक समूहको बिचार सुन्न नचाहाने प्रवृत्ति समग्र राजनितिक दल र देशकै लागि घातक सिद्ध भएको छ। यो प्रवृत्ति ले नेता बनेको छ, पार्टी बनेको छैन, ब्यक्ती बनेको छ तर देश बनेको छैन।बि स २०५१ सालको आफ्नै पार्टीको बहुमतको सरकार रहेको संसद विघटन हुनु र बर्तमानको झण्डै दुइतिहाइ मतको सरकारको प्रधानमन्त्रीले आफनै दलका संसदको अनुपस्थितीले  बिश्वासको मत बाट च्युत हुनु चरम गुट्गत प्रवृत्तिका कारण उत्पत्ती भएको छर्लङ्ग छ। खराब नेतृत्व उत्पादनको प्रमुख कारकको रुपमा यो गुटगत प्रवृत्ति रहेको छ।
४) बैकल्पिक नेतृत्वको कल्पना नगर्नु वा अस्त्तित्व नस्विकार्नु:  समूह वा एउटै बिचार भित्रको होस वा बिचार बाहिरको होस चरम पुर्बाग्रह पनि खराब नेतृत्व निरन्तरताको कारक रहेको छ। म वा हामी मात्रै ठिक अरु सबै खराब भन्ने र बैकल्पिक बिचार लाई निषेध गर्ने प्रवृत्तिले कुशल नेतृत्व उत्पादन गर्न सघाउदैन भन्ने कुरा नेपालको बर्तमान अभ्यास ले समेत पुष्टि गरिसकेको छ।
५)अनावश्यक औचित्य पुष्टि गर्ने प्रवृत्ति : उहाँ त ठूलो नेता उहाले यती त गर्न मिल्छ नि! मानौ उहाका लागि सबै अपराध क्षम्य छ्न।नेताले गरेका अपराध जति जघन्य भए पनि औचित्यपूर्ण बनाइन्छ अनि कुशल नेतृत्वको कलपना गर्नु मुर्खता हैन र? यहाँ सम्मकि यौन अपराध लागायतमा सङ्गलग्न लाई सहानुभूतिको माला पहिर्याइन्छ जसका कारण नेता सुध्रिने कुराको कल्पना समेत गर्न सकिन्न।
६)प्रभावकारीता नतिजामा मात्र हेर्नू प्रक्रिया नहेर्नु: बिशेष गरि स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने हरुमा यो प्रसङ्ग मिल्ने देखिन्छ। फलानोले समाजसेवाका लागि यो गर्दिनु भो  ढिस्कानो ले यो आफ्नै खर्चमा निर्माण गर्नु भो आदि इत्यादि । त्यो नतिजा आउने आफ्नै खर्च कहाँ बाट आयो? त्यो स्रोतको बारेमा कसैले विश्लेषण गर्यो? कतिपय गलत र गैरकानुनी ढङ्ग बाट आएको स्रोत बाट गरिएको सहयोगलाई समेत वाहि वाहि गर्दा त्यस्तो नेतृत्वलाई कस्तो कार्य गर्न प्रोत्साहित गर्ला।समाजमा आडम्बर देखाउन सस्तो लोकप्रीयता देखाउन गरिने ब्यक्तिगत खर्च स्रोत को खोजी नीति नहुदा सम्म सादगी र सरल नेताको कल्पना गर्नु ब्यर्थ प्रायः देखिन्छ।
७) नेतृत्वको शक्तिमा आफ्नो शक्ति देख्ने प्रवृत्ति :  यहाँ आफुले चाहेको प्राप्ती हुने अवस्थामा खराब नेतृत्वलाई समेत अन्धभक्त समर्थन गर्ने आम प्रवृत्ति रहेको छ। चाहेको प्राप्त भएकै छ भने किन गलतकुरा को उजागर गर्नु? डा लिन लिपम्यान ले आफ्नो पुस्तक An Toxic leadership मा भनेकि छन केही मानिसहरु अत्याधिक खराब नेतालाइ सहयोग गरिरहन्छ्न किनकी उनिहरुका नियमित स्वार्थ पुर्ती भैइरहेका हुन्छ्न र उनिहरु आफुलाइ शक्तिशाली महसुस गर्छन। त्यस्कारण हेन्चम्यान ( स्वार्थ का लागि स्तुति गर्ने हरु) कहिले गलत लाई गलत देखदैनन र खराब नेताहरुको उदय भैइरहन्छ।
निष्कर्ष : नेपालको सन्दर्भमा बौद्धिक ब्यक्तित्व हरुबाट समेत हरेक बिषयमा बिना विश्लेषण अन्धभक्त समर्थन गर्ने प्रवृत्तिले परिबर्तन अपेक्षा दुर हुने देखिन्छ। बिचारको उपयुक्त विश्लेषण, सामुहिक सुझाव, बैकल्पिक बिचारको निषेध भन्दा आफ्नै बिचार समूहको कमिकमजोरी लाई औल्याइ सकारात्मक पथपर्दर्शन गर्न आबश्यक देखिन्छ तर यस्तो मत झिनो अथवा शून्य प्राय देखिन्छ।
प्रकाशित मितिः मङ्लबार, बैशाख २८, २०७८     10:49:21 PM  |