8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

फेरि बाँकेमा बढ्यो निषेधाज्ञा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २८, २०७८  

कोहलपुर ।

दुई सातादेखि जारी निषेधाज्ञाको अवधिमा बाँकेमा फेरि बढाइएको छ । तिव्र रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा अवधि थप गरेको हो । सोमबार एक सूचना जारी गरेर प्रशासनले निषेधाज्ञाको अवधि एक साता बढाएको थियो ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरुभएपछि गत वैशाख ९ पहिलोपटक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्र लकडाउन जारी गरिएको थियो । एक हप्ताका लागि जारी गरिएको उक्त लकडाउनकै अवधिमा जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि दोस्रो पटकमा जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो ।

सो अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख २७ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । तेस्रो चरणमा बढाइएको निषेधाज्ञाको अवधि सोमबार राती १२ बजेबाट सकिदै गर्दा जिल्लामा कोरोना संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पुनः निषेधाज्ञाको अवधि बढाइएको हो । जिल्ला प्रशासान कार्यालय बाँकेले एक सार्वजनिक सूचना जारी गर्दै आगामी जेठ ३ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी आदेशमा उक्त कुरा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गरिएकोछ । जिल्ला प्रशासन कार्यालयको यस्तो आदेश अवेज्ञा गर्ने वा काममा बाधा पु¥याउनेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय ऐन २०२८ बमोजिम कारबाही गरिने प्रजिअ गेलालले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २८, २०७८     11:19:59 AM  |