25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २६, २०७८  

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘अक्सिजन लिक्विड’ आइपुगेको छ । आईतबार दिउँसो ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो ।

बिरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भईरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख २६, २०७८     4:00:35 PM  |