19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

पत्रकारलाई आइपर्ने समस्या समाधानका लागि २४ सै घण्टा तयार छौं

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २५, २०७८  

नेपालगन्ज :

नेपालगन्जका व्यवसायी एवं समाजसेवी ललित रौनियारले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरको उपस्थितीमा शनिवार एक कार्यक्रमका बीच रौनियारले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई सामाग्री हस्तान्तरण गरेका हुन ।

रौनियारले २५ प्याकेट सर्जिकल मास्क, ५० पिस सेनिटाइजर हस्तान्तरण गरेका हुन ।

महासंघ बाँकेले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री संकलन गरी केही दिनमै वितरण गर्दै छ । महासंघ बाँकेका अध्यक्ष भण्डारीले बाँकेका पत्रकारहरुलाई आइपर्ने समस्या समाधानका लागि महासंघ संधै अग्रसर रहेको बताएका छन् ।

उनले समस्या परेका पत्रकारले जानकारी दिने बित्तिकै समाधानको पहल गरिने जनाए । अध्यक्ष भण्डारीले महामारीमा महासंघ बाँके सबै पत्रकारको साथमा रहेको बताएका छन् ।

प्रकाशित मितिः शनिबार, बैशाख २५, २०७८     8:50:26 PM  |