19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि हातपात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८  

कोहलपुर :  नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि हातपात भएको छ ।  अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको इमरजेन्सी विभागमा कार्यरत  हेल्थ असिस्टेन पुपेन्द्र शाही माथि हातपात भएको हो ।

२४ गते विहान  साढे ८ बजेतिर ३ –४ जनाको समूहमा आएका यूवाहरुको समूहले उनी माथि अनावश्यक हातपात गरेको जनाएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र  सदस्य सचिव प्रकाश थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा कोभिड वार्डमा मृत्यु भएका बिरामीलाई किन हेर्न नआएको भन्दै  हातपात भएको भन्दै उक्त घटनाको खेद प्रकट गरिएको छ ।

यस्तै दोषि माथि कडा कारबाहीको समेत माग गरिएको छ ।  यस्तै कोरोना महामारीको समयमा चिकित्सकहरुले आफू संक्रमित भएपनि बिरामीको उपचार गरिरहेको भन्दै चिकित्सकको लापरबाहीबाट मृत्यु भएको भन्दै आरोप पनि निराधार रहेको उल्लेख गरिएको छ ।

‘कोभिड वार्डमा चिकित्सकले दिनरात नभनी काम गरिरहेका छन् ।  उनीहरुलाई यस्तो अवस्थामा उच्च मनोबलका साथ काम गराउनुपर्ने हुन्छ । तर स्वास्थ्यकर्मी माथि निरन्तर दुव्र्यवहार भइरहेको छ ।’ उक्त विज्ञप्तिमा भनिएको छ । यसैगरी सरोकारवाला निकायहरुलाई  स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि माग समेत भेरी अस्पतालले गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८     5:58:16 PM  |