8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

बङ्गलादेशसँगको टेष्ट श्रृङ्खला श्रीलङ्काले जित्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८  

काठमाण्डाै –   बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले दुई सय नौ रनले जितेको छ ।

क्यान्डीमा श्रीलङ्काले दिएको चार सय ३७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश पाँचौं  दिन दुई सय २७ रन बनाउँदै अलआउट भयो ।

उसका लागि मुस्फिकुर रहमानले सर्वाधिक ४० रन बनाए । श्रीलङ्काका प्रविन जय विश्वकर्माले पाँच तथा रमेश मेन्डिसले चार विकेट लिए । पहिलो पारीमा श्रीलङ्काले चार सय ९३ रन बनाएको थियो भने बङ्गलादेश दुई सय ५१ रनमै अलआउट भएको थियो । दोस्रो पारीमा श्रीलङ्काले एक सय ९४ रन बनाउँदै चार सय ३७ रनको विशाल लक्ष्य दिएको थियो । दोस्रो टेष्ट जितेसँगै श्रीलङ्काले श्रृङ्खला १–० ले जितेको छ । पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।ujyaaloonline.com

 

प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८     12:58:57 PM  |