खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण



खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो।

शुक्रबार आएको पिसिआर रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री थापाले बताए।स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

कोरोना संक्रमण भएपछि मन्त्री थापा होम आइसोलेसनमा बसेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख १७ गते शुक्रबार