दाङको गढवामा माओवादीको अग्रता



दाङ ।

विगतमा नेपाली कांग्रेसको बर्चस्व रहँदै आएको दाङको गढवा गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार हरिभगत चौधरी ७ सय बढी मत अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका छन् । चौधरीले १ हजार ५७६ मत पाउँदा निवर्तमान वडा अध्यक्ष एवम् नेपाली कांग्रेसका उम्मेदवार गुलाम महमद जागा मुसलमान ८३५ मतमा सीमित रहे ।

वडा नम्बर ४ को मतपरिणामसँगै गढवा गाउँपालिकाको अध्यक्ष पदमा पनि माओवादी केन्द्रले नेपाली कांग्रेसलाई उछिनेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार यमनारायण शर्मा पोखरेल ४ हजार ३६९ मतसहित अग्रता लिएका छन् । कांग्रेस उम्मेदवार सर्वजित डीसीले ४ हजार १४ मत पाएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका नेकपा एमालेका उम्मेदवार सहजराम अहिर यसपटक तेस्रो स्थानमा छन् । उनले १ हजार ९६८ मत पाएका छन् ।

अहिले माओवादी केन्द्रको पकड मानिने वडा नम्बर ३ को मतगणना भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार