21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

बाँकेमा कोरोना जित्ने संख्या बढ्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८  

काेहलपुर ।

बाँके जिल्लामा कोरोना जितेर घर फर्किनेहरुको संख्या दैनिक बढिरहेको छ । दैनिक रुपमा जिल्लामा कोरोना संक्रमित थपिने क्रम बढिरहेको भएपनि कोरेना जित्नेहरुको समेत संख्या बढ्न थालेको हो ।

केहीदिन यता बाँकेमा कोरोना जितेर दैनिक सयौ मानिसहरुको डिस्चार्ज भइरहेका छन् । यस्तै बुधबार जिल्लाका ८८ जनाले कोरोना संक्रमणलाई परास्त गरेर घर फर्किएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । मंगलबार मात्रै बाँकेका २ सय ३१ कोराना जितेका थिए ।

भने सोमबार पनि १ सय २५ जना डिस्चार्ज भएका थिए । ओलीका अनुसार मंगलबार डिस्चार्ज हुनेमा ३७ महिला र ५१ पुरुष रहेका छन् । मंगलबार जिल्लाकने भरी अस्पतालमा कुल २ सय ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भेरी कै ७३ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएको अस्पतालले जनाएको छ । यस्तै नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरका समेत ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । जिल्लामा दैनिक कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८     9:21:13 AM  |