मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८
जाजरकाेट – जिल्लाको भेरी नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिका कोरोनाको उच्च जोखिममा रहेकोले एक साता सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।
कोभिड–१९ को संक्रमणले जिल्लामा बिकराल रुप लिन थालेपछि सोमबार कोभिड–१९ संकट व्यबस्थापन संचालन केन्द्र (CCMC ) निर्देशक समितिको बसेको बैठकले भेरी नगरपालिका अन्तरर्गत रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु एक हप्तासम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।बैठकले अर्को आदेश नआउँदासम्म सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठनलाई थप रोक्न सकिने संकेत गरेको छ ।