5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

मंगलबार बाँकेबाट १०६ जना डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८  

बाँकेमा मंगलबार १०६ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ५० महिला र ५६ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन ।

बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका छन । यद्यपी दैनिक ठुलो सँख्यामा कोरोना संक्रमणमुक्त भएका ब्यक्तिहरुलाई डिस्चार्ज गरेर घर फिर्ता पठाउने काम भईरहेको ओलीले बताए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     1:50:52 PM  |