कोहलपुर ।
योङ्ग कम्युनिष्ट लिग, नेपाल जिल्ला समिति बाँकेले सिडियो मार्फत प्रधानमन्त्रीलाई बाँकेमा बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारमा देखिएको उदासिन्तालाई ध्यानाकर्षण गराउँदै ज्ञापन–पत्र बुझाएका छन् ।
आइतबार योङ्ग कम्युनिष्ट लिग, नेपालका जिल्ला समिति बाँकेका संयोजक आकाश कार्कीले बाँकेका बाँकेले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो ज्ञापन पत्र बुझाएका थिए ।
स्थानीय सरकार र स्थानीय प्रशासनले सक्रिय भुमिका खेल्न नसक्नु गम्भिर कमजोरी भएको र थप स्वास्थ्य जनशक्ति, अक्सिजन, उपकरणको व्यवस्था, थप आइसोलेशन वार्ड तथा बेडहरुको व्यवस्था र व्यवस्थित क्वारेन्टिन तथा होडिङ्ग सेन्टरको व्यवस्था मिलाउन गम्भिर ध्यानाकर्षण सहित जोडदार माग गरिएको योङ्ग कम्युनिष्ट लिग, नेपालका जिल्ला समिति बाँकेका संयोजक आकाश कार्कीले बताए ।
यस्तै पिसिआर परिक्षण गरेवाफत सरकारीमा एक हजार र बाहिर प्राइभेटमा २ हजार रहेकोले तत्काल हटाई निःशुल्क बनाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सो ज्ञापन पत्रमा योङ्ग कम्युनिष्ट लिग, नेपाल बाँकेका संयोजक आकाश कार्की र इन्चार्ज सुरज जागाले हस्ताक्षर गरेका छन् ।