कोहलपुर ।
कोहलपुरमा अहिले तनावग्रस्त भएको छ । कोहलपुरमा मकालु यातायात समितिका पदाअधिकारीहरु छलफल गर्ने नआएको भन्दै तनावग्रस्त भएको हो ।
टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं.३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर १२ बस्ने २१ वर्षिय उदय बाँठाको टिप्पर र बसको एकआपसमा ठोक्किँदा मृत्यु भएको थियो ।
सोही मृतकका आफन्तहरुले समितिका पदाअधिकारीहरु अहिले सम्म पनि नआएको भन्दै आन्दोलनले उग्र रुप लिएको छ । अहिले नेपालगञ्जबाट आइरहेको सानो भ्यानको तोडफोड समेत गरेका छन् । थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ वैशाख ४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्