18 September 2024  |   बुधबार, अशोज २, २०८१

लुम्बिनीमा साढे २९ लाख मतदाता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ७, २०७७  

कोहलपुर 

निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा कुल करिब साढे २९ लाख मतदाता कायम रहेको जनाएको छ । आयोगले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा कुल २९ लाख ४४ हजार १ सय ६८ जना मतदाता छन् ।

आयोगका अनुसार लुम्बिनीका १२ वटा जिल्लामा कुल मतदाता मध्ये १४ लाख ८३ हजार ३ सय ३६ जना पुरुष र १४ लाख ३१ हजार ५ सय ५ जना महिला मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा कुल २९ जना समलिङ्गी मतदाता रहेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

जिल्लागत रुपमा गुल्मीमा कुल २ लाख १० हजार ३ सय ७२ जना मतदाता रहेका छन् । त्यहाँ १ लाख ७ हजार ९सय ७० जना महिला र १ लाख २४ हजार पुरुष मतदाता रहेका छन् । १ सय ३८ वटा मतदान स्थल रहेको गुल्मीमा २ जना समलिङ्गी मतदाता रहेका छन् । पाल्पामा १ सय १८ मतदान स्थल रहेका छन् ।

त्यहाँ ९६ हजार ५ सय ६ जना महिला र ८८ हजार ९ सय ३ पुरुष जना मतदाता छन् । १ जना समलिङ्गी मतदाता रहेको पाल्पामा कुल मतदाता १ लाख ८५ हजार ४ सय १० जना रहेको जनाइएको छ ।

अर्घाखाँचीमा ९३ वटा मतदान स्थल कायम गरिएको छ । ७७ हजार ४ सय ३४ जना महिला र ७४ हजार ५ सय ९० पुरुष गरी कुल १ लाख ५२ हजार २४ मतदाता रहेका छन् । भने रुपन्देही जिल्लामा मतदान स्थल २ सय ७ वटा, महिला मतदाताको संख्या २ लाख ५८ हजार ७ सय १२, पुरुष २ लाख ७८ हजार ८९ जना र समलिङ्गी मतदाता ४ जना गरी कुल मतदाता  ५ लाख ३६ हजार ८ सय ५ जना छन् ।

कपिलवस्तुमा २ सय ३३ मतदान स्थल, महिला मतदाता १ लाख ५० हजार ७ सय ९९ जना र पुरुष मतदाता १ लाख ७८ हजार ७ सय ५० जना, २ जना समलिङ्गी गरी कुल मतदाताको संख्या ३ लाख २९ हजार ५ सय ५९ रहेको छ ।

रुकुम पूर्व जिल्लामा ३१ वटा मतदान स्थल, १४ हजार ६१ जना महिला, १४ हजार ६ सय ३६ पुरुष गरी कुल मतदाता २९ हजार २ सय ३७ जना रहेको छ । रोल्पा जिल्लामा ८० वटा मतदान स्थल भएकोमा ६८ हजार ३ सय २१ जना महिला मतदाता, ६५ हजार ९ सय ५१ जना पुरुष गरी कुल मतदाता १ लाख ३४ हजार २ सय ७२ रहेको छ ।

प्यूठान जिल्लामा १ सय ५१ वटा मतदान स्थल र एक जना समलिङ्गी मतदाता रहेका छन् । यस्तै ७६ हजार ३ सय ७७ जना महिला र ७० हजार ९ सय १५ जना पुरुष मतदाता गरी कुल मतदाता १ लाख ४७ हजार २ सय ९३ जना छन् । १ सय ५१ मतदान स्थल, ३ जना समलिङ्गी मतदाता रहेको दाङमा १ लाख ८५ हजार ३ सय ४५ जना महिला, १ लाख ७८ हजार ७ सय ४५ जना पुरुष गरी ६ लाख ३३ हजार १ सय ९३ जना कुल मतदाता रहेका छन् ।

यसैगरी बाँके जिल्लामा १ सय ३६ वटा मतदान र १ लाख ४० हजार ६ सय ८४ जना महिला मतदाता,१ लाख ७७ हजार ४ सय ५४ जना पुरुष, ४ जना समलिङ्गी गरी कुल मतदाताको संख्या २ लाख ८८ हजार १ सय ४२ जना रहेको छ । १ सय ५३ वटा मतदान स्थल र ६ जना समलिङ्गी मतदाता रहेको बर्दिया जिल्लामा १ लाख ४९ हजार ३५ जना महिला, १ लाख ४४ हजार ४ सय ४८ जना पुरुष गरी कुल मतदाताको संख्या २ लाख ९३ हजार ४ सय ७९ जना रहेको जनाइएको छ ।

यसैगरी नवलपरासी पश्चिममा मतदान स्थल १ सय २० वटा, १ लाख ५७ हजार २१ जना महिला मतदाता, १ लाख ८ हजार ४ सय ४७ जना पुरुष मतदाता, समलिङ्गी मतदाता ४ जना गरी कुल मतदाताको संख्या २ लाख १४ हजार १ सय ७२ जना रहेको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र ७, २०७७     10:05:04 AM  |