मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २९, २०७७
फागुन २९, सल्यान ।
उद्योग बाणिज्य संघ सल्यानको नयाँ कार्य समिती चयनको लागी जारी निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ । शनिबार बिहान ८ बजे देखि सुरु भएको मतदान प्रक्रियामा आज साडे पाँच बजेसम्म जम्मा दुई हजार तीन ( २००३ ) मत खसेको निर्वाचन समितिले जनाएको छ ।
सल्यान उद्योग बाणिज्य संघको निर्वाचनमा राजेन्द्र कुमार थापाको नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूह निकट प्रगतिशिल व्यवसायिक प्यानल र कुमार बुढाथोकीको अध्यक्षतामा नेपाली कांग्रेस, नेकपा एमाले केपी ओली समूह र राप्रपा निकट संयुक्त व्यवसायिक प्यानल वीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
मत गणना पनि आजै सुरु गरिने निर्वाचन मण्डल प्रमुख वीर बहादुर सेजवालले जानकारी दिएका छन । सल्यान जिल्लाभर २,३३८ मतदाता रहेका छन् ।