कोहलपुर ।
बाँकेमा रहेको वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुरले १११औँ अन्तराट्रिय नारी दिवसको अवसरमा ४ उत्कृष्ट महिलाहरुलाई सम्मान गरेको छ । सोमबार एक औपचारीक कार्यक्रम गरी ४ उत्कृष्ट महिलाहरुलाई सम्मान गरेको हो । सो संस्थाले बाँके जिल्ला सञ्चालन भएका विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको थियो ।
सम्मान हुनेहरुमा नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाकी बित्त तथा प्रशासन सहायक सुबित्रा बुढा मगर, सुरक्षित आप्रबासन परियोजना खजुराकी मनोसामाजिक परामर्शकर्ता मुना रिजाल, कोहलपुर वडा नम्बर १ की नागरिक सहायता कक्ष सहजकर्ता गंगा बेलबासे, बैजनाथ गाउँपालिका वडा नं ५ की नागरिक सहायता कक्षमा कार्यरत दोणा कुमारी पुन सम्मानित भएका हुन् ।
यस्तै यस्तै इन्रुडेक बाँकेका अध्यक्ष धर्म लाल रोकायाले बिगत २१ वर्षदेखि दर्ता भएको इन्रुडेक संस्था हाल बाँके जिल्लाका सम्पूर्ण आठ वटै स्थानीय तहहरुमा विभिन्न बिषयगत क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताए ।
लैंगिक समानता तथा सामाजिक समावेशिकरणको सिद्धान्त अबलम्बन गरेको छ उनले भने यस संस्थाको कुल ९ जना कार्यसमिति मध्य ८९ प्रतिशत महिला सदस्यहरु रहेको छन् । जसमध्ये सचिव र कोषाध्यक्ष जस्ता महत्वपूर्ण पदमा पनि महिला नैै रहेको बताए ।
लैंगिक समानता संगसंगै विभिन्न जाति तथा वर्ग समूदायको पनी समावेशी रहेको छन भने हाल ९५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । जसमा ९० प्रतिशत महिला तथा विभिन्न वर्ग समुदायको प्रतिनिधत्व रहेको उनको भनाई थियो ।
सम्मान कार्यक्रममा संस्थाका कोषाध्यक्ष नाजुमा खातुनको अध्यक्षता रहेको थियो भने कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका प्रमुख नारायणी वलीको प्रमुख आतिथ्य रहेको थियो ।
कोहलपुर नगरपालिका महिला विकास शाखा कार्यालय प्रंगणबाट प्रारम्भ गरीएको ¥यालीमा संस्थाका सम्पूर्ण कर्मचारीहरुको ऐक्यबद्धता जनाई कोहलपुर परिषर परिक्रमा पश्चात संस्थाको कार्यालयमा उक्त सम्मान कार्यक्रम राखिएको थियो ।
सो कार्यक्रमको सुरक्षित अप्रवासन परियोजना (सामी) की कार्यक्रम संयोजक मिना चौधरीले कार्यक्रम संचालन गरेकी थिइन् ।