नेपालगन्ज। नेपालगन्जमा महोत्सव हुने भएको छ । “समृद्ध नेपालको प्रमुख आधार, व्यापार कृषि पर्यटन संस्कृतिक तथा रोजगारको पुर्बाधार” भन्ने मुलनाराका साथ तेस्रो नेपालगन्ज महोत्सव २०७७ हुनेभएको आयोजकले प्रेस सम्मेलनमा जानकारी दिएको छ ।
आउने चैत ५ गते देखि एजी सर्भिस प्रा लि नेपालगन्ज बाँकेको आयोजनामा हुन लागेको महोत्सवमा करिब ९० लाखको लगानी रहेको अध्यक्ष नन्द बहादुर बूढाले बताउनुभयो । चैत्र ५ गते सुरु हुने महोत्सव १६ गते सम्म जारी रह्नेछ । महोत्सवको टिकटदर प्रतिव्यक्ति रु ६० र विद्यार्थीहरुलाई रु ४० गरेको छ ।
अध्यक्ष बूढाले पत्रकारलाई जानकारी गराउने नै क्रममा भन्नु भयो,”हामीले जिल्ला प्रशासन कार्यालय बाँकेको चलानी नम्बर ४८६८ अनुसार १२ दिन महोत्सव संचालन गर्न अनुमति लिइ सकेका छाैं । प्रशासन संगै वाटरपार्कको खाली रहेको जग्गामा नेपालगन्ज उपमहानगरपालिकाले समेत महोत्सव संचालनको अनुमति दिएको छ । महोत्सव राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति रह्नुका साथै करिब २ लाख ५० हजारले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ ।
उनले भने “गत वर्ष पनि हामीले महोत्सवको आयोजना गरेका थियौं । मौसम अनुकुल नहुनका साथै कोभिड संक्रमणको जोखिमका कारण नेपाल सरकारको निर्देशन अन्तर्गत महोत्सव स्थगित गरिएको थियो । जसका कारण करिब ५० लाख बढी घाटा बेहोर्न परेको थियो । गत वर्ष भन्दा पनि औवल दर्जाको महोत्सव आयोजना गरिएको हुँदा यस वर्ष भने ९० लाख बढी खर्च लाग्न सक्ने अवस्था छ ।
महोत्सवमा डान्स प्रतियोगिता पनि रह्ने जानकारी दिदै उक्त प्रतियोगितामा भोडिङ अनुसार संचालन गरिने आयोजकले बताएको हो ।
प्रकाशित मिति : २०७७ फागुन १४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्