सम्पादकीय : विनास मात्रै होइन विकास गर



नेपालमा संघीयता लागु भएपछि सबै भन्दा बढी विकास भएको भनेको डोजरको हो । स्थानीय तहले विकासका नाममा डोजर आतंक नै मच्चाएका थुप्रै उदाहरण छन् । विकासका नाममा हरियाली वन फाड्ने, नदिजन्य पदार्थ ओसारपोसार मात्रै होइन प्राकृतिक स्वरुप समेत कुरुप बनाउने काम भइरहेका छन् । स्थानीय तहको विकासको लागि डोजर त्यतिमै मात्र सीमित छैन । उनीहरुको बनेका संरचना भत्काउने, मानिसहरुलाई तर्साउने र हप्काउने काम गरिरहेका छन् । जसको उदारणका रुपमा लिन सकिन्छ कोहलपुर टहरा भत्काउने कामलाई । कोहलपुर नगरपालिकाले–११ चौराह नजिकै लामो दूरीको बसपार्क बनाउन पुनः टहराहरु भत्काइए ।

यसअघि पनि विकास गर्ने भन्दै तीन वर्षअघि पनि त्यही ठाउँमा टहरा भत्काइएको थियो । अझै पनि त्यहाँ कुनै पनि विकासका पूर्वाधार निर्माण भएका छैनन् । त्यहाँ बनाउने भनेको अत्याधुनिक बसपार्क अझै कहिले बन्ने हो टुंगो छैन । यहाँ बनाइएका सटर, सपिङ कप्लेक्स, बसपार्क पाकिङ्ग तथा अन्य विभिन्न आय श्रोतले कोहलपुरको आर्थिक रुपमा निकै अगाडि बढ्नेछ । जुन ४६ करोडमा लामो दुरीको नेपालकै नमूना बसपार्क बनाउने भनिएको छ । यसमा शंकै छ । वि.स. २०७५ सालमा सोही क्षेत्रबाट लामोदुरीको बसपार्क बनाउनेको नाउमा डोजर लगाई टहराहरु खाली गरेको थियो । सो समयमा १ सय २० वटा टहराहरु भत्काइएका थिए । पुनः गत फागुन ८ गते २५ वटा टहराहरु भत्काइए । त्यहाँ विभिन्न क्षेत्रका व्यापारीहरुले व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

नगर विकास समितिले सो क्षेत्र खाली गर्न विभिन्न समयमा १५ दिने, ७ दिने, ३ दिने र २४ घण्टे भत्काउनका लागि सूचना प्रकाशन गरेको थियो । त्यहाँका व्यवसायहरुले अब केही व्यवसाय हुन्छ की भनेर लाखौ खर्च गर्दछन् तर लगानी गरेको पनि हुँदैन पुनः भत्काउन सुरु हुन्छ । अब फेरी कहिले बन्ने हो ठेगाना छैन । तर लगानी गरेको केही महिनामा नै टहरा भत्काउन सूचना प्रकाशित गर्छ । व्यवसाय गर्न र बस्न नमिल्ने भए फेरी किन सोही क्षेत्रमा भाडा लिएर बसाल्नु अन्य क्षेत्रमा बसाल्नु नी । त्यहाँका व्यवसायहरुले मासिक १५ हजार रुपैयाँ भाडा तिर्थे । तर उनकोे तीन लाख डुव्यो, पैसा डुबेर केही हुँदैन तर यहाँ विकास हुनु आवश्यक रहेको उनी चाहान्छन् । व्यवसायबाट केही आर्जन होला र गुजरा गरौंला भन्ने हुन्छ । भत्काइएका स्थानहरुमा लामो दूरीको बसपार्क बनाउने काम तिव्र रुपमा बनोस् । विकासको नाममा गरिबको पेटमा लाद हान्ने काम नहोस्, विकास पनि चाँडै होस् ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १० गते सोमबार