दरबन्दी मिलान रोक्न अन्तरिम आदेश



डिल्ली शाही ।

बाँकेका सबै स्थानीय तहहरुले दरबन्दी मिलान गरिरहेका छन् । जसमध्ये कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकाले शिक्षक दरबन्दी मिलानका कामहरु पुरा गरिसकेका थिए । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले २०७६ सालमा जारी गरिएको निर्देशिका अनुसार बाँकेमा शिक्षक दरबन्दी मिलान कार्य सुरु गरिएको थियो ।

तर कोहलपुर नगरपालिकाका दुई विद्यालयमा दरबन्दी मिलान नगर्न आन्तरिम आदेश जारी भएको छ । राम मावि बैजनाथपुर र जनता मावि मैटहवाको दरबन्दी मिलान कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजालासले आन्तरिक आदेश जारी गरेको छ । नेपालगञ्ज इजालासले फागुन ५ गते नियमावली २०७३ को नियम ४२ बमोजिम पुष २३ र २६ गतेको निर्णयलाई टुंगो नलागेसम्मका लागि कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनी कोहलपुर नगरपालिकालाई अन्तरिम आदेश जारी गरेको हो ।

क्त विद्यालयमा गरिएको दरबन्दी मिलानमा असहमति जनाउँदै कोहलपुर नगरपापालिका वडा नम्बर ९ का रामनारायण थारु र वडा नम्बर ३ का तुल्सीराम थारुले नगरपालिकाको कार्यापालिकाले पुष २३ र २६ गतेको निर्णय विरुद्ध उच्च अदालत, नेपालगञ्ज इजलासमा रिट दायर गरेका थिए ।

छात्राछात्रहरुको शिक्षा आर्जन गर्ने हकमा प्रत्यक्ष असर पर्न गएको कारणबाट सार्वजनिक सरोकारको विवाद देखिएकोले अन्तरिम आदेश माग गर्दै निवेदन पेश गरेको रामनारायण थारुले जानकारी दिए । दुबै निवेदकको तर्फबाट अधिवक्ता लोक बहादुर शाह र कोहलपुर नगरपालिकाको तर्फबाट अधिबक्ता बासुदेव ज्ञवालीले बहस गरेका थिए ।

प्रकाशित मिति : २०७७ फागुन ८ गते शनिबार