26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

नेकपा बाँकेका इन्चार्ज एवं पूर्व राज्यमन्त्री दिनेशचन्द यादवको उपचारकै क्रममा निधन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १, २०७७  

कोहलपुर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सद्स्य दिनेशचन्द यादवको निधन भएको छ ।

कोरोना संक्रमणसहित अन्य रोगले सिकिस्त भएपछि काठमाडौ स्थित ग्राण्डि हस्पिटलमा उपचार गराईरहेका यादवको बिहीबार बिहान २ः३० बजे निधन भएको हो । नेकपाका केन्द्रीय सदस्य यादव संघीय सरकारका पूर्व राज्यमन्त्री थिए ।

बाँकेमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौ रेफर गरिएको थियो । उनको निधनले नेकपा बाँकेमा अपुरणीय क्षति भएको नेकपा बाँकेका नेताहरूले बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, माघ १, २०७७     8:25:00 AM  |