मध्यरातमा बाँकेको नौवस्तामा जन्ती बस दुर्घटना, १३ जना जन्ती घाइते



कोहलपुर ।

सुर्खेतबाट बर्दियातर्फ जन्ती लिएर जाँदै गरेको बस बाँकेमा दुर्घटनामा परेको छ ।

जन्ती लिएर बिहेमा जाँदै गरेको भे १ ख २०१७ नम्बरको जन्ती बस शुक्रबार राति साढे १० बजेतिर बाँकेको बैजनाथ गाउँपालिका–२ नौवस्तास्थित डिगियामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।

उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरु सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमूख एवं प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

उनका अनुसार बस सडकबाट बायाँतर्फ ४ मिटर टाढा पल्टिएको छ । बसमा ३६ यात्रु रहेको जनाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर २७ गते शनिबार