11 April 2021  |   आइतवार, चैत्र २९, २०७७

अन्जु पन्तकाे गीतमा छोरी परितोषिकाको अभिनय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २६, २०७७  

काठमाडौं ।

गायिका अन्जु पन्तले पहिलो पटक संगीत गरेको गीत ‘धेरै माया नदेऊ मलाई’ सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीतमा शब्द रचना सुरेश वाग्लेको छ ।

गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । उनको यो पहिलो म्युजिक भिडियो हो ।
परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन ।

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियो गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मा हेर्न सकिनेछ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २६, २०७७     11:24:47 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *