शिवु खनाल दाङ ।
प्रदेश नम्बर ५ को प्रदेश सभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट असोज २० गते राप्ती उपत्यका देउखुरीलाई प्रदेश स्थायीराजधानी घोषण ग¥यो । दुई तिहाई बहुमतबाट प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेशको नामाकरण भयो । तर राप्ती उपत्यका देउखुरीलाई प्रदेश नम्बर ५ को राजधानी घोषणा गरेपछि सीमा क्षेत्रको समस्या यथावत रहेको दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहिनाका निवासी पूर्णबहादुर रोकाले बताए ।
‘राजधानी भएर के गर्नु, हामी नाकाबासीहरुको पीडा जहाँको त्यहि छ। जनप्रतिनिधिलाई निर्वाचित गराइ पठाएको करिब तिनवर्ष बितिसक्दा पनि भारतसँग जोडिएको दाङको सीमा क्षेत्रमा बसोबास गर्दै आइरहेका नाकाबासीहरुको मुहारमा कहिल्यै परिवर्तन आएन।’ एनले भने । प्रदेशको राजधानीमा शासन नेपालको भएपनि रासन भारतको खानु परेको उनले गुनासो गरे । सियो देखि नुन लगायत अन्य अन्नपात सबै लिन भारतीय बजार जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
उनका अनुसार नेपालको आफ्नो भन्नु त्यहि नागरिता मात्रै हो । यस्तै राजपुर गाउँपालिका वडा नम्बर १ पटौलिनाका निवासी हेमराज गिरीले पटौलीको पनि गुनासो उस्तै छ । उनले नाका क्षेत्रमा रहेका , बरूवा, विसखब्रि, सिरिया, सुकौली र गुरूङनाकालाई सेन्टरमा राखी पक्की कालोपत्रे गरि पूर्वपश्चिम राजमार्गसँग जोड्न आग्रह गरे ।
गिरी भन्छन्,‘पटौलीनाका सेन्टर भयो भने तत्कालै छ वटा नाकाहरुको समस्या समाधान हुन्छ । नत्र हामीले कहिले सम्म भारतको मुक ताक्नुपर्ने हो । हामी स्वतन्त्र भइ सिमानमा बाँच्न सक्छौँ ।’ नेपालमा बसेर भारतको सिम कति दिन सम्म प्रयोग गर्ने ? सोही ठाउँ निवासी ६७ वर्षिय बहादुर घर्ती मगरले प्रश्न राख्दै, २०३८ साल रोल्पाको सा.वि.क गजुल गा.वि.स देखि बसाइँसराइ गरि पटौलीनाकामा बस्दै आएका घर्तीले अहिलेसम्म भारती सिम प्रयोग गर्दै आएको दुःखेसो पाखे ।
उनले भने ,‘हामी नाकाबासी शिक्षा, स्वास्थ्य, यातायात, खानोपानी, संचार, विद्युत्मैत्री कहिले हुन्छौ ? सीमानामा भारतीय एस.एस.विले भनेको नमान्दा ‘अनाजपानी ल्याउन भारत जानुपर्दैन’ भनेर धम्की दिन्छ । कतिदिन सम्म भारतको अनाजपानी खाने हो हामी नाकाबासीले।’ यस्तै राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका निवासी स्थानिय केशव थापाले हामी नेपाली हौ कि, हैनौ ? यदि हामी नेपाली नाकावासि हौ भने नाकामा विकास गर्नुस्, होइन भने हामीलाई भारतमा गाभिदिनुस् भन्दै दुख व्यक्त गरे ।
उनी प्रश्न गर्छन्, हामी नेपाली कि भारतीय नागरिक हौ ? प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का केन्द्रीय सदस्य मेटमणी चौधरीले समग्र भारतसँग जोडिएको सीमा क्षेत्रमा विकास गर्ने बताए । । सदस्य चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत पर्ने भारतँंग जोडिएको पूर्वको अर्नानाका देखि पश्चिमको भौवनाकाको विकास गर्नको लागी केन्द्रमा छलफल गरिरहेको जानकारी दिए ।
उनले भने,‘निर्वाचनको बेला मेरो घोषणपत्रमा उल्लेखित विकासको योजनाहरु पुरा गर्न केन्द्रमा छलफल चरिरहेको छ । स्थानीय नाकाबासीले नाकामा शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, यातायात, विद्युत् लगायतको समस्याहरु सदाको लागी अन्त्य गर्ने र नाकाबासीलाई पूर्वपश्चिम राजमार्गसंग जोड्ने छु ।’









प्रतिक्रिया दिनुहोस्