बाँकेमा कमजोर बन्दै सुरक्षाः अनेरास्ववियूका नेतामाथी आक्रमण



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) माथी कोहलपुरमा आक्रमण भएको छ ।

बुधबार राती करिब १० बजेतिर चौराहा नजिकै रहेको कोहलपुर नगरपालिकाको कार्यालय नजिक उनलाई आक्रमण हो ।

नेपालगन्जबाट फर्किएर घर जाने क्रममा आफुमाथी अपरिचित समुहले हमला  गरेको मानवले जानकारी दिए ।

अज्ञात समूहको आक्रमणबाट घाइते नेता मानवको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

घटनामा संग्लनहरुको खोजी भइरहेको कोहलपुर प्रहरीले जनाएको छ । पछिल्लो समय बाँके प्रहरीको नेतृत्वको कारण सुरक्षा व्यवस्था कमजोर बन्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १८ गते बिहीबार