प्रगतिशिल महिला बचत समुहद्धारा सामुहिक बाख्रा उपहार



कोहलपुर  ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ सिमरी लेकबेसी टोलमा प्रगतिशिल महिला बचत समुहद्धारा सामुहिक बाख्रा उपहार वितरण गरिएको  छ । बद्ध दिवसको अवसरमा लेकबेसी टोलमा प्रगतिशिल महिला बचत समुहद्धारा सामुहिक बाख्रा उपहार वितरण गरिएको हो ।

कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक नारायणी वलीको प्रमुख अतिथ्यतामा उक्त सामुहिक बाख्रा उपहार हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास संयोजक वलीले सबै महिला दिदी बहिनी मिलेर सामुहिक कार्य गर्न र उत्पादनमुलक बाख्रा पालन गर्न जोड दिनुपर्ने जोड दिएकी थिइन् ।

उक्त कार्यक्रममा कोहलपुर नगरपालिका विद्यायक समिति संयोजक सदस्य श्री भिम बहादुर नेपाली, आर्थिक विभाग प्रमुख अधिकृत श्री विर बहादुर वि.के., कोहलपुर पशु सेवा शाखाका प्रमुख श्री गोविन्द रोकाया र कोहलपुर नगरपालिकाका वडा नं. १३ का वडा सदस्य श्री बल बहादुर घर्ति र महिला सदस्य कमला पाण्डेको उपस्थिति रहेको थियो ।

यस्तै उक्त समुहले बाख्रा पनि एक समुहले अर्को सुमहलाई दिइएको र सिमरी गाउँकै वर्ष ७६ का रविलाल दर्लामीलाई ३० के.जि. चामल, दाल र तरकारी दिएर प्रगतिशिल महिला बचत समुहले सम्मान गरेको थियो ।

सामुहकि बाख्रा उपहार कार्यक्रम स्वागत मन्तव्य र एक बर्षको प्रगति प्रतिवेदन सपना परियारले र कार्यक्रमको संचालन महिला उपकार मन्चको सामाजिक परिचालिका विमला रसायलीले गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता प्रगतिशिल महिला बचत समुहकी अध्यक्ष कौशिला सिह मल्लले गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रबार