26 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

बाँकेबाट आइतबार २३ जना डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ११, २०७७  

बाँकेबाट आज थप २३ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बाँकेबाट खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक डाक्टरसहित १२ पुरुष र ११ महिला गरी २३ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।

उनिहरुलाई भदौ २८ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ३४ पुगेको छ ।

आब जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ५८ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ५ रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः आइतवार, अशोज ११, २०७७     1:07:27 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *