कर्णाली सरकारद्धारा कालिकोटका पहिरो पीडितलाई राहत



सुर्खेत :

कर्णाली प्रदेश सरकारले विभिन्न दुर्घटना,पहिरो लगायतका कारण ज्यान गुमाएका परिवारलाई राहत वितरण शुरु गरेको छ ।

प्रदेश सरकारको लोकप्रिय कार्यक्रम सामुहिक दुर्घटना बीमा अन्र्तगत विभिन्न कारणले जयान गुमाएका नागरिकलाई बीमा बापतको रुपैयाँ दिन शुरु गरेको हो ।

कर्णाली सरकारले उक्त कार्यक्रम कालिकोट जिल्लाबाट शुरु गरेको छ । आइतबार मान्ममा एक कार्यक्रमका बीच मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य विभागीय मन्त्रीहरुको सहभागितामा विपत् जोखिम सामुहिक बीमा कार्यक्रम अन्तर्गत बाढी पीडित राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना राहत वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अब कोही पनि नागरिक असुरक्षित नरहने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २८ गते आइतबार