18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

भारतमा पछिल्लो २४ घण्टामा ९४ हजार बढी कोरोना संक्रमित थपिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७  

भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ ।

यस्तै भारतमा एकैदिन ११ सयभन्दा धेरै सङ्क्रमितको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७८ हजार ६ सय १४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजार ४ सय ४४ सङ्क्रमित थपिएका छन् भने झन्डै ७ सय जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म जम्मा सङ्क्रमितको संख्या ६६ लाख ७४ हजार ७ सय ६३ र ज्यान गुमाउनेको सङ्ख्या १ लाख ९८ हजार १ सय १९ पुगेको छ ।

यस्तै ब्राजिलमा ३१ हजार ८ सय ८० कोरोना सङ्क्रमित थपिँदा कुल सङ्क्रमितको संख्या ४३ लाख १५ हजार ८ सय पुगेको छ । हिजो ब्राजिलमा ८ सय सङ्क्रमितको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार २ सय पुगेको वल्ड्रोमिटरले जनाएको छ ।

पछिल्लो विवरणअनुसार विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड ८९ लाख २८ हजार ७ सय ५० पुगेको छ भने ९ लाख २४ हजारभन्दा धेरैको ज्यान गएको छ । -ujyaaloonline.com

प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७     10:54:17 AM  |