बाँकेमा बुधबार थप ९ जनामा कोरोना पुष्टि



बाँकेमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ सय १८ जनामा गरिएको पिसीआर परीक्षणमा बाँकेका ८ र बर्दियाका १ गरी ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १७ गते बुधबार